स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सिजनको दोस्रो खेल आफ्ना स्टार खेलाडीबिना खेल्नु पर्ने भएको छ।
आइतबार रियल बेटिसविरुद्धको खेलका लागि लिओनल मेसी, लुइस सुआरेज र उस्मान डेम्बेले उपलब्ध हुन नसक्ने भएका हुन्।
यसअघि बार्सिलोना सिजनको पहिलो खेलमा एथ्लेटिको बिल्वाओसँग १-० गोलले पराजित भएको थियो।
मेसी र डेम्बेले सिजनको सुरुदेखि नै घाइते भएका थिए। सुआरेज पनि शतप्रतिशत फिट छैनन्।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले मेसी शतप्रतिशत ठीक नभएको अवस्थामा जोखिम मोल्न नसकिने बताएका छन्।
मेसीले शनिबारको प्रशिक्षण गरेका थिएनन्। उनी पिडुलाको समस्यबाट पीडित छन्।
मुख्य खेलाडी घाइते भएपछि प्रशिक्षक भाल्भार्डेले युवा खेलाडीद्वय कार्लोस पेरेज र अंसु फाटीलाई टिममा बोलाएका छन्।
गुयना जन्मिएका फाटीले मेसीको स्थानमा खेल्ने सम्भावना छ। १६ वर्ष २९८ दिन उमेरका फटीले बेटिससँग खेले उनी बार्सिलोनाबाट खेल्ने दोस्रा कान्छा खेलाडी हुनेछन्।
२०४१/४२ को सिजनमा भिसेन्ट मार्टिनेजले १६ वर्ष २७८ दिनमा खेलेर बार्सिलोनाबाट खेल्ने कान्छा खेलाडीको रेकर्ड बनाएका थिए।
कम उमेरमा बार्सिलोनाबाट खेल्ने सूचीमा मेसी पाँचौ स्थानमा छन्। मेसीले बार्सिलोनमा १७ वर्ष ११४ दिनमा डेब्यू गरेका थिए।
मेसीको पथमा रहेका फटीले बार्सिलोनासँग जुन २०२२ सम्मका लागि सम्झौता गरेका छन्।
रियल बटेसिविरुद्ध उपलब्ध हुने बार्सिलोनाका खेलाडीको सूची