जर्मन च्याम्पियन वायर्न म्युनिख र बोरुसिया डर्टमुन्डका खेलाडी तथा निर्देशकहरु अस्थायी रुपमा तलब कटौती गर्न सहमत भएका छन्।
जर्मनका दुवै महारथी क्लबका खेलाडी तथा निर्देशकले अरु स्टाफ र क्लबलाई आर्थिक सहयोग गर्न अस्थायी रुपमा तबल कटौती गर्नका लागि सहमति दिएका हुन्।
वायर्नका खेलाडीको २० प्रतिशत तलब कटौती हुने भएको हो भने डर्टमुन्डका खेलाडीले केहि हिस्सा तलब नलिने भएका हुन्।
संसारभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण जर्मनीसहितका विश्वभरका फुटबल गतिविधि स्थगित भएका छन्। जसका कारण क्लबहरु आर्थिक संकटमा परेका छन्।
बुन्डेस लिगाका खेल गत मर्च ८ देखि भएका छैनन्।
यस्तै बुन्डेसलिगाको एघारौं स्थानमा रहेको युनियन बर्लिनले सबै खेलाडीको तलब कटौती गर्ने सार्वजनिक गरेको छ।
वायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्की र उनकी श्रमती अनाले १ मिलियन युरो कोरोनाभाइरसविरुद्ध लड्नका लागि सहयोग गर्ने घोषणा गरेका थिए।
जर्मनीमा अहिलेसम्म ३१ हजार बढीमा कोरोनाको संक्रमण भेटिएको छ भने १ सय ४९ जनाको मृत्यु भइसकेको छ।