इंग्लिस प्रिमियर लिगका ६ जनालाई कोरोना संक्रमण भएको छ।
आइतबार र सोमबार गरिएको ७ सय ४८ परीक्षण मध्ये तीन क्लब ६ जनालाई कोरोना देखिएको हो।
कोरोना संक्रमित भएका मध्ये कति खेलाडी र स्टाफ हुन् खुलाइएको छैन।
कोरोना भाइरसका कारण स्थगित लिग जुनदेखि सुचारू गर्ने तयारी गरिएको छ। त्यसका लागि मंगलबारदेखि क्लबहरूले प्रशिक्षण थालेका छन्।
कोरोनाका कारण गत १३ मार्चदेखि प्रिमियर लिगका खेल स्थगित छन्। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ।
लिगका खेल १२ जुनदेखि गर्ने तयारी गरे पनि अब केहि समय धकेलिने भएको छ।