युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता वायर्न म्युनिखले सानदार सुरुवात गरेको छ।
बुधबार राति भएको खेलमा वायर्नले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सानदार जित हात पारेको हो।
समूह 'ए' को खेलमा वायर्न ४-० गोलले विजयी भयो।
वायर्नका लागि किंग्स्ले कोमनले २ गोल गरे। उनले खेलको २८ मिनेटमा पहिलो गोल गरेका थिए।
४१ मिनेटमा गोरेट्ज़काले वायर्नको अग्रता दोब्बर पारेका थिए।
६६ मिनेटमा तोलिसोले वार्यनका लागि तेस्रो गोल गर्न सफल भए।
७२ मिनेटमा कोमनले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
योसँगै वायर्नले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकालेको छ।
समूह 'ए' को अर्को खेलमा साल्जवर्ग र लोकोमोटिभ मस्कोले २-२ गोलको बराबरी खेलेका छन्।