युरोपा लिगमा इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेड र टोटेनहमले सानदार जित निकालेका छन्।
बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगको प्रतिस्पर्धामा म्यानचेस्टरले स्पेनिस क्लब रियल सोसिडाडलाई ४-० गोलले पराजित गर्यो।
म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले २७ र ५७ मिनेटमा गरी दुई गोल गरे।
रास्फोडले ६४ मिनेटमा तेस्रो गोल गर्दा जेम्साले ९० मिनेटमा चौथो गोल गरेका थिए।
यता टोटेनहमले जर्मन क्लब वुल्भ्सवर्गलाई ४-१ गोलले पराजित गरेको छ।
उसका लागि सन हेउन मिनले १३ मिनेट, गारेथ बेलले २८ मिनेट, लुकास मोउराले ३४ मिनेट र अल्भेस मोराइसले ८८ मिनेटमा गोल गरे।
अन्य खेलमा एसी मिलानलाई रेड स्टार बेलग्रेडले २-२ को बराबरीमा रोकेको छ। साल्भिया प्राग र लेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन्।