हावाहुरी सहितको झरीले विराट गोल्डकपको फाइनल रोकिएको छ।
अब फाइनल खेल भोलि साँझ हुने आयोजकले जनाएको छ।
विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधि भिडन्त उपाधिका लागि पूर्वविजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब खेल्नेछन्।
अनुभव र इतिहास बोकेको झापा–११ दोस्रो पटक ट्रफी उचाल्ने लक्ष्यमा छ भने पहिलो सहभागितामै फाइनल पुगेको सम्राट घरेलु समर्थकको साथमा ऐतिहासिक सफलता हासिल गर्न चाहन्छ।
झापा–११ ले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो।
यसपटक पनि उसले बलिया विभागीय टोलीहरू—आर्मी र नेपाल पुलिस क्लब—लाई हराउँदै फाइनल यात्रा तय गरेको हो।