मुख्य प्रशिक्षक नवीन न्यौपानेले आगामी साफमहिला च्याम्पियनसिप २०२६ का लागि ३५ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेका छन्।
यसअघि राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपालको सहभागिता अन्योलमा परेको थियो।
तर एन्फाले अन्तिम समयमा प्रारम्भिक टोली घोषणा गरेको हो।
प्रतियोगिताको तयारीका लागि प्रारम्भिक बन्द प्रशिक्षण आगामी वैशाख अप्रिल २७ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ।
साफ महिला च्याम्पियनसिप २०२६ भारतको गोवास्थित फाटोर्डा स्टेडियममा आयोजना हुनेछ। यो प्रतियोगिता आगामी मे २५ देखि हुनेछ।
नेपाल यस प्रतियोगिताको इतिहासमा पटक-पटक फाइनल पुगे पनि हालसम्म उपाधि जित्न सकेको छैन। यसपटक मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा नेपाल पहिलो पटक ऐतिहासिक उपाधि चुम्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
प्रारम्भिक टोलीमा छानिएका ३५ खेलाडीहरू:
एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बीके, बिमला चौधरी, विर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा थोकर, पुनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णीमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समिक्षा घिमिरे, सरस्वती हमाल, सरू लिम्बू, सिलु परियार, सुकृया मिया, सुशिला कुमारी र उषा नाथ।