नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले श्रीलंकाका अजन्था मेन्डिसलाई प्रशिक्षक नियुक्त गरेको छ।
पोखराले यो सिजनका लागि श्रीलंकाका ४१ वर्षीय टी-२० विश्वकप विजेता मेन्डिसलाई आबद्ध गरेको हो।
अघिल्लो दुई सिजन पोखराको प्रशिक्षक भारतका राजीव कुमार रहेका थिए।
सन् २०२२ देखि कुनै पनि औपचारिक खेल नखेलेका मेन्डिसले भारतको आइपिएलदेखि पाकिस्तान सुपर लिग, अस्ट्रेलियाको बिबिएल र वेस्ट इन्डिजको सिपिएल पनि खेलेका थिए।
उनले सन् २०१४ मा श्रीलंकन टोलीबाट टी-२० विश्वकप खेलेका थिए।