सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनिपएल)मा आज दुई खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे कर्णाली याक्सले पोखरा एभेन्जर्ससँग र साँझ ५ बजे चितवन राइनोजले काठमाडौं गोर्खाजको सामना गर्नेछ।
सुरूवाती दुई खेल जितेको कर्णालीले पछिल्लो दुई खेलमा भने पराजय भोगेको छ। त्यसकारण उसका लागि आजको खेल अत्यन्त महत्त्वपूर्ण छ।
कर्णाली ४ खेलबाट २ अंक जोड्दै अहिले तालिकाको छैटौं स्थानमा छ।
पोखराको भने यो सिजन खराब प्रदर्शन रह्यो। उसले अहिलेसम्म ४ खेल खेलिसक्दा अहिलेसम्म जित निकाल्न सकेको छैन। पोखरा तालिकाको पुछारमा छ।
काठमाडौं ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।
पहिलो खेल हारेको उसले त्यसपछिका बाँकी तीनै खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै जित निकालेको छ।
चितवन ४ खेलबाट ५ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।
प्लेअफमा पर्नका लागि अबका खेलहरू हरेक टोलीका लागि महत्त्वपूर्ण हुनेछन्।