काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार नगद १५ हजारसहित सम्मान गरेको छ ।
सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि प्रशंसा पत्रबाट सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलस्थित नेपाली घरमा आयोजित कार्यक्रममा सम्मान गरे ।
रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियाली युथ पारा गेम्सअन्तर्गत के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि कांस्य जितेकी थिइन् । प्रशिक्षक लामा ओलम्पिक संरचनामा नेपाललाई पदक दिलाउने पहिलो नेपाली प्रशिक्षक हुन् ।