नेपाल भारोत्तोलन संघको आयोजनामा एन्टी डोपिङ अवेरनेस एन्ड रिहेबिलिटेसन कार्यक्रम बुधबार सम्पन्न भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको कार्यक्रममा खेलाडी, प्रशिक्षक र संघका पदाधिकारी गरी करिब ७० जनाको सहभागिता रहेको आयोजक भारोत्तोलन संघका महासचिव विपेन्द्र महर्जनले जनाएका छन् ।
राष्ट्रिय एन्टी डोपिङ एजेन्सीका संस्थापक संयोजक डा. असिम भण्डारीले सहभागीलाई एन्टी डोपिङको विविध पक्ष बारे जानकारी गराएका थिए।
एकदिने कार्यक्रमको राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधानले उद्घाटन गरेकी थिइन् ।