नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लूटिए डब्लू-३५ को मुख्य ‘ड्र’ मा प्रवेश गरेकी छन्।
छनोट चरणको महिला सिंगल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरी मुख्य ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन्।
केन्याको नयरोबीमा डिसेम्बर २८ देखि सुरु भएको प्रतियोगिता जनवरी ३ तारिखसम्म चल्ने छ।
प्रतियोगिताको कुल पुरस्कार राशी २५ हजार अमेरिकी डलर रहेको छ ।