नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया-प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्ने भएकी छिन्। प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ।
एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन्। मलेसियाबाटै शिभाली अस्ट्रेलिया जाने कार्यक्रम रहेको छ।
शिभालीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे।
सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामी, टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो।