डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल विश्व मार्सल आर्ट्स कमिटीको आयोजनामा अस्ट्रियाको ब्रेगेन्जमा भएको विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भइ स्वदेश फर्किएका छन्।
ब्रेगेन्जस्थित डब्लुएमएसीको प्रधान कार्यलय र होटल लाममा कन्भेन्सनमा मार्सल आट्र्सको विकास र प्रवर्धन, प्रतियोगिताको नयाँ नियम र प्रणाली, प्रतियोगिता तथा खेलाडी दर्ता सम्बन्धी बिकसित नयाँ प्रबिधि, प्रतियोगिता व्यवस्थापन, आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका विषयमा तालिम तथा सेसन सन्चालन गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन अन्तर्राष्ट्रिय रेफ्री तालिम तथा परिक्षा सञ्चालन गरिएको थियो।
त्यसमा डंगोलल एमएमए र किकबक्सिङको रेफ्री तालिममा सहभागी भएका थिए । परीक्षा उत्तीर्ण गरी राष्ट्रिय निर्णायकको लाईसेन्स समेत हासिल गरेको डंगोललेब बताए ।
कन्भेन्सनकै क्रममा बसेको राष्ट्रिय अध्यक्षहरुको बैठकमा डंगोलले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै डब्लुएमएसी नेपालको आगामी योजना समेत प्रस्तुत गरेको जनाइएको छ।
नेपालमा मार्सल आर्ट्सको विकास र प्रवद्र्धनका निम्ति पुर्याएको योगदानको कदर गर्दै विश्व मार्सल आर्ट्स कमिटीले डंगोललाई सम्मान समेत गरेको बताइएको छ।