राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा विश्व तेक्वान्दो महासघबाट २०२५ पारा तेक्वान्दो कोच अफ दि इयरबाट सम्मानित भएका छन्।
विश्व तेक्वान्दोको प्राविधिक कमिशनको छनोट र सिफारिसमा उनलाई उक्त अवार्ड प्रदान गरिएको विश्व तेक्वान्दो महासंघले जनाएको छ।
प्रशिक्षक नेगी सन् २०१५ देखि नेपाल तेक्वान्दो संघको राष्ट्रिय पारा तेक्वान्दो टिमको प्रशिक्षकको रुपमा कार्यरत रहेका छन्।
निजको प्रशिक्षणबाट नेपालको पारा तेक्वान्दो खेलले विश्व पार तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जी१०) २२ मा स्वर्ण पदक, हान्चौं एसियन पारा गेम्स २०२२ बाट काष्य पदक, पेरिस पारा ओलम्पिमा ऐतिहासिक ओलम्पिक कास्य पदक लगायतका एक दर्जन भन्दा बढि अन्तर्राष्ट्रिय पदक प्राप्त गरेको छ।
प्राय सबै पदक उनको प्रशिक्षणमा पलेसा गोवर्धनले जितेकी थिइन्।
विश्व तेक्वान्दो महासंघले यही माघ १९ गते सोमबारका दिन संयुक्त अरब ईमीरेट्सको फुजैराहमा भएको समारोहमा प्रशिक्षक लामालाई उक्त सम्मान प्रदान गरेको हो।
लामाले यस अघि नेपाल ओलम्पिक कमिटिको उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषदको उत्कृष्ट प्रशिक्षक, बागमती प्रदेश सरकारबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार र एनएफजेएफ पल्स स्पोर्ट्स अवार्ड लगायतका विभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन्।