दोस्रो सिजनको एभरेष्ट महिला भलिबल लिगका लगि अक्सन हुने भएको छ।
खेलाडी टोलीमा भित्र्याउनका लागि साउन २ गते काठमाडौंमा अक्सन हुने भएको हो।
६ वटा फिन्चाइज टोलीहरूको सहभागिता यो लिगको मिति घोषणा भइसकेको छ।
दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुने भएको हो।
मितिलाई नेपाल भलिबल संघले औपचारिक रूपमा स्वीकृति प्रदान गरेको आयोजकको भनाइ छ।
प्रतियोगितामा काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागी थिए। हरेक टोलीमा विदेशी खेलाडीको समेत सहभागिता हुनेछ।