एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी लाभाज नयाँ टोलीको रुपमा भित्रिएको छ
आगामी भदाैमा हुने एभरेष्ट महिला भलिबल लिगको लागि लुम्बिनी लाभाज नयाँ टिमको रुपमा भित्रिएको हो।
पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको हो।
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ ।
लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ।
एभरेष्ट महिला भलिबल लिगको अक्सन पनि साउन २ गते हुँदछ र यो ऐतिहासिक अक्सनको हिस्सा हुन लुम्बिनी लाभा तयार रहेको जानकारी गराउँछाैँ ।