एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने भएको छ।
उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे पोखराको बहुउद्देश्यीय कबर्डहलमा हुनेछ।
सोहि दिन साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुन लागेको हो।
प्रतियोगिता साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ।
दोस्रो संस्करणमा विभिन्न देशबाट १८ विदेशी खेलाडी पोखरा पुगेका छन्।
खेल तालिका
