बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा नेपाल पाँचौ भएको छ।
यसअघि चार हारसँगै पदकबिहिन बनेको नेपालले आज भएको पाँचौ स्थानको प्लेअफमा माल्दिभ्सलाई ३-१ ले हरायो।
पहिलो सेट नेपालले २९-२७ ले जित्यो भने दोस्रो सेट २५-२० विजयी भएर २-० को अग्रता लियो। तेस्रो सेटमा रोमाञ्चक बन्दा माल्दिभ्सले ३७-३५ ले आफ्नो पक्षमा पर्यो। चौथो सेटमा नेपाल २५-१९ ले विजयी हुँदै खेल जित्यो।
सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग ३-० को सोझो सेटमा पराजय भोगेको थियो। ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले नेपालले अफगानिस्तान र तुर्कमिनिस्तानसँग पनि ३-० को सेटमा पराजय भोगेको थियो। बंगलादेशसँग ३-२ को हार ब्यहोरेको नेपालले पाँच खेल मध्ये एक खेलमा जित निकाल्ने क्रममा माल्दिभ्स ३-० को सेटले हराएको थियो।
समूह चरणमा पाँच हारसँगै नेपाल पाँचौ स्थानमा समिति रह्यो।
प्रतियोगितामा आज तुर्कनिमिस्तान र अफगानिस्तानबीच उपाधिका भिडन्त हुनेछ भने घरेलु टोली बंगलादेश र श्रीलंका तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।