श्रीलंकामा सुरु भएको काभा महिला यू-१९ च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ।
पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग ३-२ को सेटमा पराजय भोगेको हो।
पहिलो सेटमा नेपाल २५-२२ ले विजयी भयो। तर दोस्रो सेटमा नेपाल २५ -१४ ले पराजित भयो।
तेस्रो सेटमा नेपाल फेरि २५-१८ ले विजयी हुँदा २-१ अग्रता लियो।
चौथो सेटमा २५-२२ ले पराजित हुँदा अन्तिम सेटमा नेपाललाई जित्ने दबाब भयो। निर्णायक पाँचौ सेट १५-९ ले गुमाएपछि नेपालले हारबाट प्रतियोगिता सुरुवात गर्यो।
चार टोली सहभागी प्रतियोगितामा आयोजक श्रीलंका र माल्दिभ्ससँग नेपालले प्रतिस्पर्धा गर्नेछ।