नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित बनेको छ।
आज श्रीलंका भएको फाइनलमा भिडन्तमा नेपालले किर्गिस्तानसँग ३-२ को सेटमा पराजय भोगेको हो।
पहिलो सेटमा नेपाल २५-२२ ले विजयी भयो। दोस्रो सेटमा नेपाल २५-२५ ले हार्यो। तेस्रो सेटमा २५-२१ ले पराजित भयो। चौथो सेटमा नेपाल २५-१३ ले विजयी भयो।
निर्णायका पाँचौ सेटमा कुनै बेला अग्रता लिए पनि नेपाल १५-११ ले पछि पर्यो।
यसअघि समूह चरणमा पनि नेपाललाई किर्गिस्तानले ३-२ कै सेटमा पराजित गरेको थियो।
चार टोली सहभागी प्रतियोगितामा नेपालले श्रीलंका र माल्दिभ्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।
तर फाइनमा नेपाल फेरि चुक्दा उपविजेतामै सीमित बन्यो।