जेनजी आन्दोलनका कारण स्थगित भएको एभरेस्ट महिला भलिबल लिगका खेलहरू बुधबारदेखि सुरू भएका छन्।
यसअघि पोखरा भएको प्रतियोगिताका बाँकी खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु भएको हो।
बुधबार भएको खेलमा कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३-० को सेटमा पराजित गर्यो।
कर्णालीले २५-१५, २५-१२ र २५-१७ ले सहजरूपमा जित दर्ता गराएको हो। जितसँगै कर्णाली फाइनलमा पुग्न सफल भयो।
कर्णालीको जितमा महत्वपूर्ण योगदान गरेकी साफिया पून प्लेयर अफ दि म्याच हुन सफल भइन्।