नवौं एनभिए भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुनव आर्मी क्लवसँगै रुकुम पश्चिम प्रशिक्षण केन्द्र पुरुषतर्फ अन्तिम आठमा पुगेका छन्। दुवै टोलीले समूहमा लगातार दोस्रो जित दर्ता गराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्।
समूह ‘डी’ मा आर्मीले कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रीलाई २५-१९, २५-२१ र २५-२१ ले सोझो सेटमा पाखा लगायो।
यसअघि आर्मीले कोशीलाई हराएको थियो। लगातार दोस्रो जितसँगै समूह ‘डी’ मा आर्मी शीर्ष भयो।
यता समूह ‘सी’ मा रुकुम पश्चिमलेजावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५-२०,२५-१८, २३-२५ र २५-१८ ले हराउँदै लगातार दोस्रो जित निकाल्यो।
यसअघि उसले बुढानीलकण्ठ भलिबल क्लबलाई पराजित गरेको गर्दा लगातार दोस्रो जित निकाल्न सफल भयो।
यता महिलातर्फ त्रिभुवन आर्मीमाथिन्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३-० को सेटमा सहज जित निकालेको छ।
आर्मीलाई न्यु डायमन्डले २५-१७, २५-१७ र २५-१७ ले पराजित गरेको हो। न्यू डायमन्डका लागि खेल्न भलिबलकी स्टार खेलाडी प्रतिभा माली नेपाल फर्किएकी छन्।