नेपाल पुलिस क्लब अन्तर्गतको महिला तथा पुरुष भलिबल टिमहरूको व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. विच गत साता प्रायोजन सम्झौता भएको छ।
उक्त सम्झौता बमोजिम रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. ले नेपाल पुलिस भलिबल टोलीलाई पाँच वर्षको लागी प्रायोजन उपलब्ध गराउने छ।
यस प्रायोजनले नेपाल पुलिस क्लबका महिला तथा पुरुष भलिबल टिमहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रममाद् नेपाल प्रहरी खेलकुद समितिको तर्फबाट नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू र रुप्से स्पोर्टस म्यानेजमेन्ट प्रा.लि.को तर्फबाट म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीज्यूले हस्ताक्षर गर्नु भई सम्झौता बमोजिमका शर्तहरू पुरा गर्ने सन्दर्भमा दुवै पक्ष प्रतिवद्ध रहने कुरा व्यक्त गरे।
सम्झौता अनुरूप हाल काठमाडौँमा जारी नवौं एनभिए भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको महिला तथा पुरुषको मुख्य प्रायोजकको रुपमा रुप्से होलिडेज रहेको छ । ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ।