नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि भिडन्त नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच हुने भएको छ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लालाई ३-१ को सेटमा हराएर न्यु डायमन्डसँगको उपाधि भिडन्त पक्का गरेको हो।
पहिलो सेट पुलिसले २५-१२ ले सहजै जितेको थियो। दोस्रो सेट भने प्रतिस्पर्धात्म रह्यो। जसमा आर्मीले ३१-२९ ले जित निकाल्न सफल भयो।
त्यसपछि पुलिसले २५-१४ र २५-१८ को जित निकालेर फाइनलमा स्थान पक्का गर्यो।
त्यसअघि पहिलो सेमिफाइनलमा न्यु डायमन्डले एपिएफलाई ३-० को सेटमा जित निकालेर फाइनलमा स्थान बनाएको थियो।
न्यु डायमण्ड २५-१७,२५-२० र २५-७ ले जित निकाल्न सफल भयो।
च्याम्पिनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब र पुलिस तथा आर्मी र रुकुम पश्चिम ट्रेनिङ सेन्टरबीच सेमिफाइनल हुँदैछन्।