नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पदक जित्न असफल भएको छ।
घरेलु मैदानमा भएको यस संस्करणकमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा शुक्रबार भारतसँग ३-१ को सेटमा पराजित भयो।
यसअघि नेपालले पछिल्ला दुई संस्करणम पदक जितेको थियो।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालमाथि भारतले २५-२२, २५-२३,१५-२५ र २५-२२ सेटमा जित निकाल्यो।
यसअघि नेपालले सेमिफाइनलमा बिहीबार इरानसँग ३-० को सेटमा हार ब्यहोरेको थियो।
नेपाल र भारतले यसअघि समूह चरणमा प्रतिस्पर्धा गर्दा नेपाल ३-२ को सेटमा हारेको थियो।