काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपाल पराजित भएको छ।
पाकिस्तानको इस्लामावादमा बुधबार भएको खेलमा नेपालले काजखस्तानसँग ३-२ को सेटमा पराजय भोगेको हो।
सुरुवाती दुई सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो सेटमा जित निकाले पनि नेपाल निर्णायक पाँचौ सेटमा पछि पर्यो।
पहिलो सेट १९-२५ र दोस्रो खेल २१-२५ खेल गुमाएको नेपालले त्यसपछि ३४-३२ र २५-१९ ले खेल जितेर खेललाई बराबरीमा ल्यायो।
तर पाँचौ सेटमा नेपाल ९-१५ ले पछि पर्यो।
प्रतियोगितामा नेपाल र काजखस्तानसहित उज्वेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्।
अब नेपालले दोस्रो खेल भोलि श्रीलंकासँग विहान सवा ११ बजे खेल्नेछ।