काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
नेपाललाई बिहीबार श्रील्काले ३-२ को सेटमा हराएको हो।
पाकिस्तानको इस्लामावादमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकाविरूद्ध पहिलो सेट २५-१८ ले गुमाएको थियो।
त्यसपछि नेपालले २५-२१ र २५-१९ ले जितेर अग्रता दिएको थियो। तर चौथो सेटमा पाकिस्तानले २५-२१ को जित निकालेर बराबरी गर्यो।
निर्णायक पाँचौ सेटमा नेपालले खराब प्रदर्शन गर्यो र १५-१० ले पराजित भयो।
यसअघि पहिलो खेलमा पनि नेपाल ३-२ ले पराजित भएकव थियो।
बुधबार भएको खेलमा नेपालले काजखस्तानसँग ३-२ को सेटमा पराजय भोगेको थियो।
काजखस्तानसँग सुरुवाती दुई सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो सेटमा जित निकाले पनि नेपाल निर्णायक पाँचौ सेटमा पछि पर्यो। पहिलो सेट १९-२५ र दोस्रो खेल २१-२५ खेल गुमाएको नेपालले त्यसपछि ३४-३२ र २५-१९ ले खेल जितेर खेललाई बराबरीमा ल्यायो। तर पाँचौ सेटमा नेपाल ९-१५ ले पछि पर्यो।
प्रतियोगितामा नेपाल र काजखस्तानसहित उज्वेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्।
नेपालले तेस्रो खेल शुक्रबार दिउँस सवा चार घरेलु टोली पाकिस्तानसँग खेल्नेछ।