एभरेस्ट महिला भलिबल लिगले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्सको औपचारिक घोषणा गरेको छ।
सुदूरपश्चिम रोयल वारियर्सको सहभागिताले नेपालमा व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँचलाई थप विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस फ्रेन्चाइजको स्वामित्व श्रीमती उमा गौतम भण्डारी, श्री सञ्जीप शाही र श्री कुमार भण्डारीको रहेको छ।
फ्रेन्चाइजले सुदूरपश्चिमको प्रतिभा, भलिबलप्रतिको उत्साह र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्दै यस क्षेत्रका ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित समुदायका महिला खेलाडीहरूका लागि थप अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।