केडिया ग्रुपको आयोजनामा हुने नेपाल भलिबल लिग (एनभीएल) २०८३ भदौ १९ देखि २७ गतेसम्म (सेप्टेम्बर ४ देखि १२ तारिखसम्म) पूर्व निर्धारित स्थान त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुने भएको छ।
नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगको आन्तरिक तयारीलाई तीव्र गतिमा अगाडि बढाएको आयोजकको भनाइ छ।
यसअघि लिगका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ।
एनभीएलको पहिलो संस्करणमा सहभागी हुने ६ फ्रेन्चाइज टोलीसहित टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मार्की खेलाडी, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक गरिसकिएको छ।
प्रतियोगिताको टिकटिङ पार्टनरमा आईएमई खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजनसँग सम्झौता भइसकेको छ।