२०२६ फिफा विश्वकप फुटबलका लागि आफ्नो २६ सदस्यीय टोली घोषणा गरिएको छ।
टोलीमा बार्सिलोनाका ८ जना खेलाडीले स्थान पाउँदा इतिहासमै पहिलो पटक रियल मड्रिडका एकजना खेलाडी पनि टोलीमा परेका छैनन्।
स्पेनिस राष्ट्रिय टोलीको इतिहासमा यो पहिलो अवसर हो जहाँ रियल मड्रिडका कुनै पनि खेलाडीले विश्वकप खेल्ने टोलीमा ठाउँ पाएनन्। अर्कोतर्फ, ला लिगा विजेता बार्सिलोनाका खेलाडीहरूको भने टोलीमा वर्चस्व छ।
बार्सिलोनाका यसमा युवा सनसनी लामिन यामल, पेड्री, गाभी, ड्यानी ओल्मो, फेरान टोरेस, पाउ कुबार्सी, एरिक गार्सिया र जोआन गार्सिया रहेका छन्। अनुभवी डिफेन्डर ड्यानी कार्भाहाल जस्ता रियल मड्रिडका स्टारहरूलाई यस पटक टोलीमा समेटिएको छैन।
प्रशिक्षक डी ला फुइन्तेले आफ्नो टोली सन् २०१० को सफलता दोहोर्याउन सक्षम रहेको बताएका छन्।
बार्सिलोनाका फिमिन लोपेज खुट्टाको चोटका कारण टोलीबाट बाहिरिएका छन्, जुन स्पेनका लागि दुर्भाग्यपूर्ण मानिएको छ। यद्यपि, निको विलियम्स चोटका बाबजुद पनि टोलीमा पर्न सफल भएका छन्। टोलीमा रोड्री र आर्सनलका डेभिड राया, मार्टिन जुबिमेन्डी र मिकेल मेरिनो जस्ता प्रिमियर लिगका स्टारहरू पनि सामेल छन्।
विश्वकपमा समूह 'एच' मा रहेको स्पेनले केप भर्डे, साउदी अरब र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि स्पेनले इराक र मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
स्पेनको टोली
• गोलकिपर: उनाई सिमोन, डेभिड राया, जोआन गार्सिया।
• डिफेन्डर: मार्क कुकुरेला, अलेहान्ड्रो ग्रिमाल्डो, पाउ कुबार्सी, एमेरिक लापोर्टे, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस लोरेन्टे, पेड्रो पोरो।
• मिडफिल्डर: पेड्रि, फाबियन रुइज, मार्टिन जुबिमेन्डी, गाभी, रोड्रिगो हर्नान्डेज (रोड्री), एलेक्स बाएना, मिकेल मेरिनो, मिकेल ओयार्जाबल।
• फरवार्ड: ड्यानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियस, भिक्टर मुनोज, लामिन यामल।