अनमोल केसीको आगामी रिलिज ‘क्याप्टेन’को प्रदर्शन मिति तय भएको छ । फिल्म फागुन १७ गते अल नेपाल रिलिज हुने जानकारी निर्माण पक्षले दिएको छ ।
अभिनेता भूवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।
यसअघि तिहारको सेरोफेरोमा फिल्म रिलिज गरिने चर्चा चलेपनि फिल्ममा भिएफएक्सको कामलाई समय लाग्ने भएपछि फागुन १७ लाई रिलिज मिति तोकिएको हो।
फुटबल खेलाडीको कथा रहेको फिल्ममा अनमोलले दुई नव-अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधेका छन्। उनीहरूका अलावा फिल्ममा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।