२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी/कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ ।
मंगलबार हेटौँडामा एक कार्यक्रमकाबीच लम्साललाई ११,१११ नगदसहित सहित सम्मान गरेको हो ।
लम्सालले विगत ३ दशकदेखि लामो समय नेपाली कला र भाषा र चलचित्र क्षेत्रमा कलम चलाउँदै आएका छन्। डा. लम्साल हाल रेडियो नेपालमा कार्यरत छन्।
सोही अवसरमा यो वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको छ । पराजुलीलाई नगद ५ हजार राशीसहित पुरस्कृत गरिएको हो ।
हेटौंडाबाट विस २०५२ सालदेखि कामना न्युज पब्लिकेशन प्रालिमा नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका पराजुली हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देशका पनि कार्यरत रहेका छन् ।
यसैगरी संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्ने गरेको छ । यस वर्ष द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई 'चलचित्रकर्मी सम्मान-२०७६' बाट सम्मान गर्ने निर्णय गरेको थियो तर उनी पारिवारिक समस्याले कार्यक्रममा आउन असर्मथ रहे । उनलाई कुनै कार्यक्रमका बीच सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।
संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ३ का ससदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।