आख्यानकार प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ बजारमा आएको छ।
अन्तरजातीय प्रेमसम्बन्धमा आधारित उपन्यासमा मध्यपहाडी जिल्ला लमजुङ र कास्कीको भूगोल चित्रण गरिएको छ।
ब्राह्मण पुत्री शारदा र विश्वकर्मा पुत्र मोहनको आदर्श प्रेम, अन्तरजातीय विवाह, उनीहरूमाथिको पारिवारिक एवम् सामाजिक उत्पीडन अनि त्यसविरूद्धको विद्रोहको मसाल उपन्यासमा प्रज्वलित छ।
लेखक तिवारीको यो तेस्रो उपन्यास हो। यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ।
यस्तै, विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराइसकेका तिवारी नेपालको सामाजिक जीवनलाई आधार बनाएर आख्यान लेख्ने गर्छन्।
इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य २ सय ९९ रुपैयाँ राखिएको छ।