दक्षिण अफ्रिकाकी सुन्दरी जोजीबिनी टुन्जीले मिस युनिभर्स २०१९को ताज पहिरिएकी छन्। अमेरिकाको जर्जियामा भएको अन्तिम प्रतिष्पर्धामा अरू सुन्दरीलाईपछि पार्दै ब्वाइजकट कपाल काटेकी टुन्जीले उपाधि हात पारेकी हुन्।
प्राय: सुन्दरी प्रतियोगितामा प्रतियोगीको कपाललाई पनि सुन्दरताको मापन बनाइन्छ। तर टुन्जीको कपाल केटामान्छेको जस्तो छोटो छ।
‘म यस्तो संसारमा हुर्किएँ जहाँ मेरोजस्तो छाला र कपाल हुने महिलालाई कहिल्यै सुन्दर मानिन्नथ्यो,’ उनले भनिन्,‘मलाई लाग्छ त्यो आजदेखि बन्द हुनुपर्छ। बच्चाहरूले मलाई र मेरो अनुहार हेरेर उनीहरूको अनुहार प्रतिबिम्बित भएको देखून् भन्ने चाहन्छु।’
मिस मेक्सिको र मिस पुर्टोरिको मिस युनिभर्सका रनर अप बनेका छन्।