अस्ट्रेलियामा रहेर नेपाली गीत संगीत कर्ममा सक्रिय गायक राज कुमार गोश्वामीले नयाँ गीत सार्वजनिक गरेका छन्।
अस्ट्रेलियामा रहेर इभेन्ट म्यानेजमेन्टको कुशल व्यवस्थापकका रूपमा चिनिएका गोश्वामीको गायकीको पनि उत्तिकै चर्चा छ। गोश्वामीले भर्खरै मात्र ‘मैले माया गरेँ’ बोलको गीत सार्वजनिक गरेका छन्। सो गीतमा गोश्वामीलाई चर्चित गायिका मेलिना राईले पनि साथ दिएकी छन्।
उत्तम जंग लिम्बुको संगीत रहेको गीत गीतकार माया मगरले लेखेकी हुन्। गीतको एरेन्जर साहस शाक्यले गरेका हुन्।
‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडिओ भने सार्वजनिक भएको छैन। अहिले निर्माण पक्षले लिरिक्स भिडिओ मात्र सार्वजनिक गरेको हो।
फोटो वर्क, सिड्नीले तयार गरेको भिडिओलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ। नेपाल टच अस्ट्रेलियाको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनीका रूपमा चिनिन्छन्।