दशैंपछि नयाँ संग्रहको तयारीमा रहेका गायक नवीन के. भट्टराईले 'सम्बन्ध' बोलको गीत सार्वजनिक गरेका छन्। 'सम्बन्ध' उनको आगामी एल्बमका लागि तयार पारिएको गीत हो।
प्राय: आफ्नै संगीतमा गाउने नवीनले यो गीत आफ्नै संगीत संयोजनमा तयार पारेका हुन्। यस गीतको भिडयो निर्देशन पनि उनैले गरेका छन्।
गीतको भिडिओमा नबिनसँगै बिजिना राजभण्डारीको अभिनय देख्न पाइन्छ। भिडिओमा मन्दिप बखुंचेको सिनेमेटोग्राफी र मनोज सापकोटाको सम्पादन छ। गीतको शब्द राजनराज शिवाकोटीले लेखेका छन्।
बिहिबार सार्वजनिक 'सम्बन्ध' नवीनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।