दिनेश गौतमको स्वरमा 'कर्फ्यु लगाइदे सरकार' गीत सार्वजनिक भएको छ। गीतमा राजिब थापाको शब्द र पुस्तक प्रसादको संगीत रहेको छ।
उक्त गीतको म्युजिक भिडिओमा वर्षा सिवाकोटी र सुधिर श्रेष्ठको मुख्य अभिनय छ। म्युजिक भिडिओलाई रामजी लामिछानेले निर्देशन गरेका हुन्। भिडिओ उनकै कोरिओग्राफीमा तयार पारिएको हो।
भिडिओमा मान कृष्ण श्रेष्ठको सिनेमेटोग्राफी देख्न सकिन्छ भने यसलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
गायक दिनेश गौतमले 'पैसा कसले बनायो?' गीतले संगीत क्षेत्रमा चिनाएको हो। हालसम्म उनले ११ वटा एल्बम बजारमा सार्वजनिक गरेका छन्।
उनको यो नयाँ म्युजिक भिडिओ 'कर्फ्यु लगाइदे सरकार' इनाक्षी इन्टरटेन्मेनट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।