अभिनेता केदार घिमिरे (माग्ने बुढा) एकपछि अर्को फिल्ममा व्यस्त बनिरहेका छन्। उनी अभिनीत 'जेरी अनटप', 'माइतीघर', 'माग्ने राजा' लगायतका फिल्म प्रदर्शन हुन बाँकी छन्।
यसैबीच केदारले मंगलबारमात्रै अर्को एउटा फिल्म साइन गरेका छन्।
'पिताम्बर' निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म 'जहाजैमा' मा केदार अनुबन्धित भएका हुन्।
यसअघि यो फिल्ममा जापानमा रहेर त्यहाँका फिल्म र सिरिजमा अभिनय गर्दै आइरहेकी अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएकी छिन्।
यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्न लागिको यो फिल्मको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ।
यो फिल्मले नेपाल-जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने जनाइएको छ।
फिल्मलाई सन् २०२६ मा प्रदर्शनमा ल्याउने गरी निर्माण गर्ने तयारी छ।