विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ।
फिल्मले शनिबार देशभरका ३० भन्दा बढी हलमा ५१ औं दिन मनाएको हो।
नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्म वैशाख २६ गते रिलिज भएको थियो।
'आर्टमान्डू नेपाल' ले निर्माण गरेको यो फिल्ममा विपिन र मिरूनासहित सुनील पोखरेल, माओत्से गुरूङ, एलेक्स पारस, परीक्षा लिम्बू, प्रेम सुब्बालगायत कलाकारहरूको अभिनय छ।
'ऊनको स्वीटर' ले बक्स अफिसमा ११ करोडमाथिको व्यापार गरेको छ।