फिल्म 'हन्टर' को छायांकन ४५ दिनमा सकिएको छ। एक्सन-ड्रामा जनराको 'हन्टर' पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको हो।
जीवन सिंह निर्देशित फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ। फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन्।
उनका अनुसार फिल्म रियल पात्रको कथाबाट प्रेरित भए पनि त्यसलाई फिक्सनाइज गरिएको छ। फिल्मको मुख्य भूमिकामा अरूण क्षेत्री छन्। साथमा प्रकाश शाह, गरिमा शर्मा, सरोज खनाल, रूजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीलगायत कलाकारहरूको अभिनय छ।
कृष्ण थापाको डीओपी रहेको फिल्म ‘हन्टर’ मा एक्सन शुक्रराज शाहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको फिल्ममा बाबुल गिरीको संगीत रहनेछ। फिल्ममा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माता रोयल भिमसेन हुन्।
ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको फिल्ममा मनीष चन्द सह-निर्माता छन्। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् ।
फिल्मको प्रदर्शन मिति तय गरिएको छैन। पोस्ट-प्रोडक्सनको सम्पूर्ण काम सकिएपछि मात्रै रिलिज मिति घोषणा गरिने निर्देशक सिंहले जानकारी दिए।