माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'आ बाट आमा' ले मर्मस्पर्शी गीत सार्वजनिक गरेको छ।
निर्माण पक्षले माघे संक्रान्तिको अवसर पारेर बिहीबार 'जाँदैछु नौ डाँडा काटेर' बोलको गीत रिलिज गरेको हो।
गीतलाई परदेशिन लागेको मनोभावमा तयार गरिएको छ। घर, परिवार र खासगरी आमाबुवा छाडेर टाढा जाँदाको पीडा र मनोभावलाई गीतले प्रस्तुत गर्छ।
यसको भिडिओमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारहरूलाई देख्न सकिन्छ। गीत करण परियारले गाएका छन्। साथमा शान्तिश्री परियारको समेत स्वर छ।
अभि सुनारले शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति, चन्द्र पन्तको निर्देशनमा 'आ बाट आमा' बनेको हो।