दीपक आचार्य निर्देशित 'परान' को कमाइ १७ करोड ७७ लाख २५ हजार ४८५ पुगेको छ।
कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले माघ ३ गतेसम्म सिनेपाः बक्सअफिसमा उक्त कमाइ गरेको हो। यो अवधिमा फिल्मको ६ लाख ३० हजार ६९१ व्टा टिकट बिक्री भएका छन्।
त्यस्तै, अर्जुन घिमिरे (पाँडे) निर्देशित 'झरीपछिको इन्द्रेणी'ले १ करोड २० लाख ३९ हजार ३५९ रूपैयाँ कमाइ गरेको छ। पछिल्लो शनिबारसम्म फिल्मको ३८ हजार २२५ वटा टिकट बिक्री भएका छन्। यो फिल्म पुस ४ गतेदेखि प्रदर्शनमा आएको थियो।
प्रदीप शाही निर्देशित फिल्म 'एक्लो' को कमाइ ४६ लाख ९५ हजार १८३ पुगेको छ। पुस १७ गतेदेखि प्रदर्शनमा आएको फिल्मको पछिल्लो शनिबारसम्म १४ हजार २५५ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, पुस २५ गतेदेखि प्रदर्शनमा आएको 'दिमाग घोच्ने मान्छे' ले ३ लाख १२ हजार ९०० रूपैयाँ ग्रस कमाएको छ। पछिल्लो शनिबारसम्म सुदीप भाजुको निर्देशनमा बनेको यो वृत्तचित्रको ८०५ वटा टिकट बिक्री भएका छन्। यो नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाबारेको वृत्तचित्र हो।
चलचित्र विकास बोर्डले यी चार फिल्मको बक्स अफिस कमाइ सोमबार सार्वजनिक गरेको हो।
माघे संक्रान्तिको अवसरमा रिलिज 'गोबर गणेश', 'मिरमिरे' र 'भाइरल गोर्खे' को बक्स अफिस कमाइ भने आगामी सोमबार सार्वजनिक हुनेछ।