सोमबार पहाडी क्षेत्रमा फागु पूर्णिमा (होली) उल्लासका साथ मनाइएको छ।
सर्वसाधारणसँगै कलाकारहरूले पनि आ-आफ्नै शैलीमा रंग दलेर होली मनाएका छन्। कलाकारहरूले होली मनाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै शुभकामना साटासाट गरेका छन्। केही कलाकारहरूले भने पुराना तस्बिर राखेका छन्।
यस वर्षको होली विगतको तुलनामा केही फरक देखिएको छ। फागुन २१ गतेको निर्वाचन नजिकिएकाले राजधानी लगायतका मुख्य सहरमा ठूला सांगीतिक कार्यक्रम र कन्सर्ट आयोजना भएनन्।
राजनीतिक माहोलका कारण सार्वजनिक जमघटहरू केही संयमित देखिएका हुन्।
सबै तस्बिरहरूः कलाकारको फेसबुकबाट







