फागुन १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'प्रवासी जीवन' को कमाइ कमजोर देखिएको छ।
फिल्मले प्रदर्शनको ९ दिनमा बक्स अफिसमा १ लाख ३८ हजार रूपैयाँ मात्र ग्रस कमाएको हो।
गत शनिबार (फागुन २३) गतेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा उक्त कमाइ गर्दा ५०९ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको 'प्रवासी जीवन' मा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत, गगन सुवेदीलगायत कलाकारहरूको अभिनय छ।
यो फिल्म धेरै हलबाट उत्रिसकेको छ।