सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत अभिनीत फिल्म 'परालको आगो' को व्यापार २ करोड नाघेको छ। फिल्मले बुधबारसम्म नेपालमा २ करोड ११ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको हो।
कमाइको विवरण निर्माता सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
लक्ष्मण सुनार निर्देशित यो फिल्म गुरूप्रसाद मैनालीको चर्चित कृति 'परालको आगो' मा आधारित छ।
फिल्मले आगामी दिनमा पनि सुखद् व्यापार गर्ने निर्माण टिमको अपेक्षा छ।
फिल्मले सुखद् व्यापार गरेपछि निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीदेखि मोफसलका हलमा पुगेका छन्।
फिल्मको टिम बुधबार नेपालगन्जका हलमा पुगेर दर्शकसँग भेटेका थिए।