अभिनेत्री गौमाया गुरूङ वैवाहिक सम्बन्धमा बाँधिएकी छन्। उनले केही दिनअघि बेलायतमा प्रेमी दिवाससँग विवाह गरेकी हुन्।
दुवै पक्षका परिवारका सदस्य तथा आफन्तहरूको सहभागितामा यी दुईको विवाह भएको हो।
गौमायाले सोमबार साँझ सामाजिक सञ्जालमार्फत विवाहका तस्बिरहरू साझा गर्दै विवाहको खबर सार्वजनिक गरेकी हुन्।
सार्वजनिक तस्बिरमा नव-विवाहित जोडी निकै खुसी देखिन्छ।
गौमाया 'कबड्डी' श्रृंखलादेखि हालै प्रदर्शनमा आएको 'सेप अफ मोमो' सम्मका फिल्ममार्फत दर्शकमाझ परिचित छन्।
'कबड्डी ४', 'महाजात्रा' जस्ता व्यावसायिक सफल फिल्मसँगै कलात्मक सिनेमामा समेत अभिनय गर्दै उनले आफ्नो छुट्टै पहिचान बनाएकी छन्।
उनी अभिनीत नयाँ फिल्म 'पेन्सन पट्टा' भदौ १६ गतेदेखि प्रदर्शन तयारीमा छ।


