पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीको मुख्य अभिनय रहेको फिल्म 'बेहुली'को पहिलो गीत सार्वजनिक गरिएको छ।
भदौ २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको पहिलो प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको हो।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो। यो गीतले यतिबेला युट्युबलगायतका प्लेटफर्ममा राम्रो चर्चा समेत पाइरहेको छ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर छ। गीतको भिडिओमा पारस बम ठकुरी, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङ फिचर्ड छन्। भिडिओको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।
गीत सार्वजनिक गर्दै निर्माता तथा संगीतकार अर्जुन पोखरेलले फिल्मको प्रवद्र्धनका लागि फरक स्वादमा गीत तयार गरिएको बताए। गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
सशान कँडेलको निर्देशन रहेको ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, शुसान्त कार्की, पदम तामाङ, विशाल पहारी, सरिता गिरी, सन्तोष बानियाँलगायत कलाकारहरूको अभिनय छ।
माधव शर्माको लेखन रहेको फिल्म द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति हो।
यसमा डिओपी नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी रवी रोक्का तथा सम्पादन बनिश शाह र विकास दाहालको छ।
'बेहुली' तिजको छेकोमा रिलिज हुनेछ।