बलिउड अभिनेता शाहरूख खान पहिलो पटक अन्तर्राष्ट्रिय फेसन शोमा सहभागी भएका छन्।
उनले मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्। उनले मेट गालाको रेड कार्पेटमा हिड्ने पहिलो भारतीय अभिनेताको इतिहास राखेका हुन्।
उनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अब उनले आफ्नो इन्स्टाग्राम एक तस्बिर सार्वजनिक गर्दै भनेका छन्, 'मेट गालामा मेरो परिचय गराएकोमा सब्यसाची र उनको पूरै टिमलाई मेरो तर्फबाट दिलदेखि धेरै-धेरै धन्यवाद। यो मेरो ठाउँ होइन तर तपाई सबैले मिलेर मलाई सहज महसुस गराउनु भयो। तपाईहरूले साच्चै मलाई किङ महसुस गराउनु भयो।'
मेट गालामा शाहरूख खान बाहेक अभिनेत्री कियारा आडवानी, अभिनेता सिद्धार्थ मल्होत्रा, अभिनेत्री प्रियंका चोपडा, गायक दिलजीत दोसाँझलगायत कलाकार सामेल भएका थिए।
मेट गाला २०२५ न्यूयोर्कको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा भएको थियो। यसको थिम 'सुपरफाइनः टेलरिङ ब्याक स्टाइल' राखिएको थियो।