बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'हाउसफुल ५' को ट्रेलर सार्वजनिक गरिएको छ।
मंलबार साजिदनाडियावाला ग्यान्डसन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा रञ्जितको सम्पत्तिको मालिक घोषणा गर्ने प्रसंगलाई देखाइएको छ। फिल्मको कहानी एक मर्डररलाई खोजीमा आधारित छ।
तरूण मनसुखानी निर्देशित फिल्ममा अक्षय कुमारसँगै अभिषेक बच्चन, ज्याकलीन फर्नांडिस, रितेश देशमुख, श्रेयस तलपडे, फरदीन खान, चंकी पान्डे, सौन्दर्या शर्मा, जोनी लिवर, निकेतन धीर, डीनो मोरिया, नरगिस फाखरी, चित्रांग्धा सिंह, सोनम बाजवा, रन्जीतलगायत कलाकारको अभिनय छ। फिल्ममा सञ्जय दत्त र ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका छ।
यो फिल्म २०२५ जुन ६ देखि प्रदर्शनमा हुनेछ।